१५ ग्राम लागुऔषधसहित एक युवक पक्राउ

images
  • 130
    SHARES
  • फाल्गुण २४, २०८० बिहीबार
    १५ ग्राम लागुऔषधसहित एक युवक पक्राउ
    images

    काठमाडौँ ।

    लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

    बुधबार काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसमा चेकजाँच गर्दा बसमा सवार झापाको बिर्तामोड नगरपालिका–८ घर भएका २४ वर्षीय सागर थापालाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । 

     

    उनका अनुसार ती युवकको साथबाट १५ ग्राम खैरो हिरोइन बरामद भएको छ ।  यसबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend