कीर्तिपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन

images
  • 164
    SHARES
  • फाल्गुण २४, २०८० बिहीबार
    कीर्तिपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन
    images

    काठमाण्डाै –

    काठमाण्डाैकाे कीर्तिपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ । क्यान्सरबाट पीडित महर्जनको गए राति आफ्नै निवासमा निधन भएको हो ।

    अस्पतालबाट महर्जनलाई हिजो नै घर ल्याइएको थियो । वडाध्यक्ष महर्जनको पार्थिव शरीर अहिले कीर्तिपुर नगरपालिकाको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले बताउनुभयो ।

    ६० वर्षीय महर्जन २०७९ को पालिका चुनावमा नेपाली कांग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिका वडा नम्बर १ को अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend