तनहुँ घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय पोखरेलको बिदाई

images
  • 174
    SHARES
  • फाल्गुण २४, २०८० बिहीबार
    तनहुँ घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय पोखरेलको बिदाई
    images

    तनहुँ । तनहुँको घिरिङ गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेलको विदाई गरिएको छ । बुधबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि अधिकृत पोखरेलको विदाई गरिएको हो । 

    घिरिङ २०७९ भदौ २९ देखि हालसम्म कार्यरत पोखरेलको यहि फागुन ९ गते कास्कीको अन्नपूर्ण गाउँपालिकामा सरुवा भएपछि घिरिङले फेरी भेटौला कार्यक्रमको आयोजना गरि विदाई गरिएको हो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष होमहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, वडा नम्बर ३ का अध्यक्ष तहलसिंह थापा, कार्यपालिका सदस्य भुवन विक लगायतले प्रमुख प्रशासकीय अधिकृतबाट घिरिङ गाउँपालिकालाई भएको सेवा प्रति आभार व्यक्त गर्दै बाँकी जागिरे जिवनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    प्रमुख प्रशासकीय अधिकृत पोखरेलले घिरिङले आफुलाई धेरै माया र सम्मान दिएको भन्दै आगामी दिनमा पनि आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए । सो कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँसभाका सदस्यहरु तथा कर्मचारीहरुले पोखरेललाई बिदाई गरेका थिए । सो कार्यक्रमको सन्चालन गाउँपालिकाका प्रशासकीय अधिकृत ध्रुव लामिछानेले गरेका थिए ।

    घिरिङमा म्याग्दीको रघुगंगा गाउँपालिकाबाट कृष्णप्रसाद ढकालको सरुवा भएको छ ।

    कस्तो रह्यो कार्यकाल ?
    प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल कार्यसम्पादनमा कुशल अधिकृतको रुपमा परिचित छन् । उनी जहाँ जान्छन् जनतामा राम्रो छाप छोड्ने गरि नै काम गर्ने गर्छन् । २०७९ भदौ २९ गते कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट सरुवा भै आएका उनले घिरिङ गाउँपालिकामा करिब १८ महिना काम गरे । यो अवधिमा उनले घिरिङलाई प्रविधिमैत्री गाउँपालिकाको रुपमा विकसित गरे । 

    गाउँपालिकालाई प्रविधिमैत्री बनाउदै डिजिटल बडापत्रको व्यवस्था, फ्रि वाईफाई जोन बनाएका उनले गाउँपालिकामा नागरिक सहायता कक्ष स्थापना गरि सेवाग्राहीलाई गाउँपालिकामा सेवा लिन धेरै समय बस्न नपर्ने गरि भिडभाड रहित सेवा दिने अवस्था सुरुवात गरेका थिए । 

    यस्तै गाउँपालिकालाई पूर्वाधारयुक्त बनाउदै व्यवस्थित सभाहल निर्माण, वडाकार्यालयका भवनहरु निर्माण, समयमा अनुगमन र भुक्तानी, विद्यालय शिक्षा सुधार, स्वास्थ्य कार्यक्रम व्यवस्थित पार्ने जस्ता कार्यहरु प्रभावकारी ढंगले सम्पन्न गरे । उनकै कार्यकालमा हरियाली घिरिङ कार्यक्रम अन्तर्गत एक कर्मचारी एक विरुवा रोपण कार्यक्रम सञ्चालन गरी गाउँपालिका परिसरमा विरुवा रोपण गरी ग्रीन बेल्ट कार्यक्रम समेत संचालन गरिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend