देवघाट तनहुँ:जेष्ठ २२ गते:अञ्जली बोटे
आज विश्व वातावरण दिवस को अबसरमा तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थिति कालिका सामुदायिक बन उपभोक्ता समूहले देउती खोला वरिपरि बृक्षारोपण गरिएको छ।

सो बृक्षारोपण कार्यक्रममा कालिका सामुदायिक बन उपभोक्ता समूहले कालिका वन क्षेत्र भित्र पर्ने देउती खोलाको आसपासमा ६० बिरुवा कपुर,तेजपत्ता लगाएतका बिरुवाहरु बृक्षारोपण गरिएको कालिका सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष कृष्ण राज न्यौपानेले जानकारी दिनुभयो।

कार्यक्रममा समूहका अध्यक्ष कृष्ण राज न्यौपाने,कालिका सामुदायिक बन उपभोक्ता समूह पुर्व अध्यक्ष नरमाया फेवाली,उपाध्यक्ष गणेश थापा,कोषाध्यक्ष सुशील नेपाल,कार्यालय सचीव निस्मा थापा,शान्ति सिन्जाली,देवी थापा चन्द्रवती थापा लगाएतको उपस्तिथि रहेको थियो।




+8
2



