प्रहरीलेप्रदेशसभा सचिवालयमा कार्यरत एक अधिकृतलाई मकवानपुर पक्राउ

images
  • 137
    SHARES
  • फाल्गुण २४, २०८० बिहीबार
    प्रहरीलेप्रदेशसभा सचिवालयमा कार्यरत एक अधिकृतलाई मकवानपुर पक्राउ
    images

    हेटौंडा, फागुन २४-

    बागमती  प्रहरीलेप्रदेशसभा सचिवालयमा कार्यरत एकजना अधिकृतलाई मकवानपुर पक्राउ गरेको छ । चिनियाँ दुईजना नागरिकलाई नेपाली नागरिकता दिएको आरोपमा प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् रामचन्द्र अर्याललाई प्रहरीले पक्राउ गरेका हुन् ।

    सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई २०७५ पुस २० मा जिल्ला प्रशासन कार्यलय काभ्रेले नागरिकता प्रदान गरेको थियो ।

    तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएपछि उक्त घटना बाहिरिएको थियो ।

    तत्कालिन जिल्ला प्रशासन कार्यलयमा नासु पदमा रहेका अर्यालले छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको र सोही आधारमा पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

    पक्राउ गरिएका अर्याललाई काभ्रे प्रहरीको जिम्मा लगाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend