राप्रपा अध्यक्ष लिङ्देनको नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउन आह्वान

images
  • 440
    SHARES
  • फाल्गुण २४, २०८० बिहीबार
    राप्रपा अध्यक्ष लिङ्देनको नयाँ समझदारीबाट मुलुकलाई अघि बढाउन  आह्वान
    images

    काठमाडौँ, फागुन २४-

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उहाँले नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै पक्षलाई आह्वान गर्नुभयो ।

    “मिटरव्याजी पीडित, लघुवित्त पीडित, दूग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारले ठोस् कार्यक्रम ल्याउनुपर्छ”, अध्यक्ष लिङ्देनले भन्नुभयो, “प्रतिपक्षी दलले उठाएका प्रश्नको ठोस् जवाफ सरकारले दिनुपर्छ ।” रासस

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend