काठमाडौँ, फागुन २४-
राष्ट्रियसभामा लोकसेवा आयोगको ६४औँ वार्षिक प्रवेदन, २०७९/८० पेसति भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट खानेपानीमन्त्री राजेन्द्रकुमार राईले उक्त प्रतिवेदन पेस गर्नुभयो ।
बैठकमा सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराउनुभएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक यही फागुन २७ गते आइतबार अपराह्न १ बजेर ९ मिनेटमा बस्नेछ । रासस



