तनहुँ,
देवघाट गाउँपालिला वडा नम्बर ५ गणेश टोल बिकास स्थित पुलको मुखमा व्यवसाय गर्दै आएका माया न्यौपानेका छोरा दिनेश न्यौपाने र बुहारी हिरा न्यौपानेको "दिनेश कोल्ड स्टोस्" मा गए राती करिब ९ बजेको समयमा आगलागी छ। सो आगलागी बाट १५ लाख बराबरको क्षति भएको आगलागी पीडित माया न्यौपानेले बताए छन् ।
फागुन २५ गते शुक्रबार शिवरात्रीका दिन करिब ९ बजेको समयमा विद्युतलाईन सत् हुँदा सो आगलागी भएको देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज कृष्ण बानियाँले जानकारी दिएका थिए।
स्थानीय वासी विश्वनाथ मिश्रका अनुसार राति करिब ९ बजेको समय केहि पड्के जस्तो आवाज बाहिर सुने पछी उठेर बाहिर हेँर्दा कोल्ड स्टोस् मा आगलागी भइरहेको देखे पछि तत्काल छरछिमेकहरु जुटेर १ घण्टाको अन्तरालमा आगलागी नियन्त्रण आए पनि पुर्ण रुपाम सरसामान क्षती भएको बताए।



