गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैन : नेता राजेन्द्र महतो

images
  • 185
    SHARES
  • फाल्गुण २६, २०८० शनिबार
    गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैन : नेता राजेन्द्र महतो
    images

    काठमाडौं ।

    राष्ट्रिय मुक्ति क्रान्ति अभियानको सुरूवात गरेका नेता राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने बताएका छन् ।

    जनकपुरधाम विमानस्थलमा शनिवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता महतो अहिलेको गठबन्धन पनि लुटतन्त्र मचाउनका लागि भएकाले नेपाली जनताले केही पनि प्राप्त गर्न नसक्ने स्पष्ट पारे ।

    उनले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउनका लागि मात्रै हुँदै आईरहेकाले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको बताए ।

    बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने उनको भनाई छ ।

    फरक प्रसंगमा नेता महतोले मधेस केन्द्रित दलहरुबीच एकताभन्दा पनि अधिकारवादी तथा पहिचानवादीहरु एकत्रित हुनु आवश्यक रहेको बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend