प्रधानमन्त्री ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितिबारे ब्रिफिङ

images
  • 155
    SHARES
  • फाल्गुण २६, २०८० शनिबार
    प्रधानमन्त्री ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितिबारे ब्रिफिङ
    images

    काठमाडौँ ।

    प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितिबारे संसदीय दललाई जानकारी गराएका छन् ।माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री दाहालले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पारेको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।

    बैठकमा प्रतिनिधि सभाको पछिल्लो अवस्थाबारे प्रतिनिधि सभाका मुख्य सचेतक पाण्डे र राष्ट्रिय सभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराएका थिए ।

    त्यसैगरी राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा विश्वासको मतको विषयमा सहभागी सदस्यले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले उम्मेदवारका विषयमा पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने र विश्वासको मत कहिले लिने भन्ने विषयमा सहयात्री दलसँग छलफल गरेर निर्णय लिइने जानकारी गराएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend