देवघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नवौं साधारण

images
  • 277
    SHARES
  • फाल्गुण २८, २०८० सोमबार
    देवघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नवौं साधारण
    images

    तनहुँ,

    देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित पिपलटारमा रहेको देवघाट-४,खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नवौं साधारण सभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ।432585002_390106740322613_6969485372218446762_n.jpg

     

    कार्यक्रममा सम्बन्ध गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले खानेपानी समितिले धेरै राम्रो कार्य गर्दै अगाडी बढी रहेको बताउदै आगामी दिनहरुमा ५ वडाको तर्फबाट र आफ्नो ब्यक्तिगत तर्फबाट विकास कार्यमा समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो।428711852_390106790322608_8233345913263394226_n.jpg

     

    कार्यक्रममा विशिष्ट अतिथि वन महासंघ गण्डकी प्रदेशका सचीव केशवचन्द्र न्यौपाने,अतिथि ५ वडा सदस्य याम बहादुर मगर र बुद्धि बहादुर पाण्डे,भरतपुर महानगर पालिका २९ वडाका पुर्व अध्यक्ष मान बहादुर रानामगर,समाजसेवी पंन्च बहादुर आले लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम संस्थाका सचीव भरत आचार्य सञ्चालन गर्नुभएको थियो भने देवघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष बिष्णुप्रसाद अधिकारीको अध्यक्षता रहेको थियोे।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend