हङकङलाई १० विकेटले हराउँदै पीएनजी,उपाधिका लागि भोलि नेपालसँग फाइनलमा खेल्ने

images
  • 222
    SHARES
  • फाल्गुण २९, २०८० मंगलबार
    हङकङलाई १० विकेटले हराउँदै पीएनजी,उपाधिका लागि भोलि नेपालसँग फाइनलमा खेल्ने
    images

    काठमाण्डाै –

    हङकङलाई हराउँदै पपुवा न्युगिनी (पीएनजी) त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आज भएको खेलमा पीएनजीले हङकङलाई १० विकेटले हरायो ।

    हङकङले दिएको १ सय २२ रनको लक्ष्य पीएनजीले १२ ओभर ४ बलमा १ विकेट पनि नगुमाई भेटायो । पीएनजीका सेसे बाउले ६१ र टोनी उराले ५१ रन बनाए । हङकङले १२ रन अतिरिक्त दियो ।

    यसअघि घरेलु मैदान मोङ कोकमा टस जितेर ब्याटिङ गरेको हङकङ १८ ओभर ३ बलमा १ सय २१ रनमा अल आउट भयो । हङकङका जेशान अलीले नट आउट ५५ रन बनाए । पीएनजीका कबुआ मोरे, अलेई नाओ, असाद भाला र सेसे बाउले समान २ विकेट लिए ।

    अब पीएनजीले फाइनलमा भोलि नेपालसँग खेल्नेछ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend