तनहुँ,
देवघाट गाउँपालिका वडा नम्बर–५,गणेश टोलस्थित दिनेश कोल्ड स्टोर्सका आगलागी पीडित हिरा न्यौपानेलाई आज गणेशटोलको नेतृत्वमा ७२ हजार ५ सय ५ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। सो हयोग रकम स्थानीय गणेशटोल वासी बाट जुटाएको गणेशटोल बिकासका अध्यक्ष समिर ढुङ्गानाले बिहानी मिडियालाई जानकारी दिएका थिए।
सो रकम हस्तान्तरण कार्यक्रम देवघाट ५ वडा सदस्य बुद्धि बहादुर पाण्डे, देवघाट क्षेत्र बिकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेल,देवघाट उद्योग बाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ, उपाध्यक्ष विनोद सारुमगर, टोलका बिशिष्ठ सदस्य देवीलाल गौतम,देउती समुदायीक वनका अध्यक्ष सुर्य बहादुर न्यौपाने समाजसेवी विश्वनाथ मिश्र लगायतको उपस्थिति रहेको थियो।
आगलागी हुँदा करिब १५ लाख रूपैयाँबराबरको क्षति भएको थियो।पसल सञ्चालक दिनेश न्यौपानेकी आमा माया न्यौपानेका अनुसार फाल्गुन २५ गते शुक्रबार शिवरात्रीका दिन राति करिब ९ बजेतिर आगलागी भएको बताएका थिए । आगलागीबाट पसलमा रहेका सबै सामान जलेको उनको भनाइ थियो ।



