दाइजोमा सुनको सिक्री नपाउँदा विवाह अस्वीकार गरेकाे भन्दै बेहुला पक्राउ

images
  • 159
    SHARES
  • फाल्गुण २९, २०८० मंगलबार
    दाइजोमा सुनको सिक्री नपाउँदा विवाह अस्वीकार गरेकाे भन्दै बेहुला पक्राउ
    images

    पर्सा

    वीरगञ्जमा दाइजोमा सुनको सिक्री नपाउँदा बेहुलाले विवाह नै अस्वीकार गरेको बेहुली पक्षले दाबी गरेका छन् ।

    विवाह मण्डपमै विवाद भएपछि पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–२४ रामगढवाबाट बेहुलासहित ७/८ जनालाई सोधपुछका लागि पक्राउ गरेको छ । बेहुला वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत छन् ।

    हिजो बाराको कलैयाबाट बेहुला जन्ती लिएर रामगढवा पुगेका थिए । पर्सा प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले यस विषयमा सोधपुछ चलिरहेको र थप उजुरी आएमा कानुनी प्रक्रिया अगाडि बढ्ने बताउनुभएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend