नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय

images
  • 254
    SHARES
  • फाल्गुण ३०, २०८० बुधबार
    नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय
    images

    ३० फागुन, काठमाडौं

    सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

    बुधवार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै छन् ।

    संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले भने, ‘हामीले हिजोको दिनमा प्रधानमन्त्रीसँग जुन सम्झौता गरेका छौँ । जुन विषयहरु बाहिर पनि आइसकेका छन् । त्यो विषयमा सहमति भएको छ । त्यसको कार्यान्वयन गर्न हामी इच्छुक छौँ । तर आज त्यो सबै सहमति कार्यान्वयन हुनेगरी विश्वासको मत दिने निर्णय गरेका छौं ।’

    सत्ता साझेदारीका विषयमा एकीकृत समाजवादीले एमाले, माओवादी लगायत दलहरुसँग लिखित सहमति गरेको थियो । प्रमुख सचेतक चौधरीले अबको १५ महिना नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, त्यसपछिको १५ महिना नेकपा -एकीकृत समाजवादी) का माधवकुमार नेपाल र त्यसपछिको १५ महिना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने सहमति भएको बताए ।

    उक्त सहमति कार्यान्वयन हुन नसके फरक तरिकाले सोच्ने निर्णय संसदीय दलको बैठकबाट गरेको उनले बताए । ‘जे विषयमा सहमति भएको छ, त्यो सहमति कार्यान्वयन हुन सकेन, भएन भने, इमान्दारी भएन भने फरक तरिकाले सोच्न सक्ने निर्णय गरेका छौं,’ उनले भने, ‘१५/१५ महिना प्रधानमन्त्रीको सहमति भएको छ । अबको १५ महिना प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल र त्यसपछिको प्रधानमन्त्री केपी शर्मा ओली हुने भन्ने सहमति भएको छ ।’
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend