चितवन, फागुन ३० –
भरतपुर महानगरपालिका–१० जिल्ला समन्वय समिति नजिकै निर्माण सुरु गरिएको सिटीहल निर्माणका लागि पहिलोपटक थप गरिएको समय सकिएको छ । पहिलोपटक थप गरिएको समय यही फागुन १६ गते सकिएको हो । दोस्रोपटक समय थपका लागि पत्राचार गरिएको छ ।
सिटी हलको मुख्य हलमा राखिने ट्रष्टको नक्साङ्कन परिवर्तन हुदाँ समस्या भएको उहाँले जानकारी दिनुभयो । अहिले नक्साङ्कन परिवर्तन भएपछि हलमा ट्रष्ट हाल्ने कामसमेत सुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हल निर्माणका लागि पर्याप्त बजेट नभए पनि अहिले नै काम रोकिने अवस्थामा छैन ।”
आयोजनाले थप बजेटका लागि विभागमा पत्राचार गरेको उहाँले जानकारी दिनुभयो । बहुवर्षीय आयोजनाअन्तर्गत काम भइरहेको उहाँले बताउनुभयो । अहिले भित्री संरचनाको नक्साङ्कन ‘रिभ्यू’को काम भइरहेको उहाँले बताउनुभयो । सिटी हल निर्माणका लागि मूल्य अभिवृद्धि करबाहेक रु ७७ करोड ७७ लाखमा इन्डो सगुन रौताहा जेभीले ठेक्का सम्झौता गरेको छ ।
सिटी हलमा मुख्य ‘अडिटोरियम ब्लक’मा दुई हजार मान्छे अट्ने सुविधा सम्पन्न सभाहल हुनेछ । सँगै तीन सय क्षमताको ‘कन्फ्रेन्स हल’ रहने छभने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुनेछ । दुई भ¥याङ र दुई लिफ्ट, प्रवेशद्वार, आकर्षक स्टेज र रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक छ हजार पाँच सय वर्गमिटरमा हुनेछ । रासस



