चितवन, फागुन ३०-
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले नक्कली चुक अमिलो बिक्री गर्ने तीन कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालयले सरकारी वकिलमार्फत् हदैसम्मको सजाय माग गर्दै मंसिरमा मुद्दा दर्ता गरेको हो । यसको फैसला आउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीका अनुसार तीनवटा कम्पनीको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा नक्कली चुक अमिलो बनाएको प्रमाणित भएपछि मुद्दा दर्ता गरिएको हो । खाद्य ऐन अनुसार नक्कली खाद्यान्न बेच्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।



