बसको ठक्करबाट पैदलयात्रीको मृत्यु पोखरामा

images
  • 77
    SHARES
  • जेठ २३, २०७९ सोमबार
    बसको ठक्करबाट पैदलयात्रीको मृत्यु पोखरामा
    images

    काठमाडौं 

    कास्कीको पोखरा महानगरपालिका-२७, अर्घोचोकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । तनहुँको घिरिङ गाउँपालिका-१ घर भई अर्घोचोक बस्दै आएका अन्दाजी ६५ वर्षीय राजी भनेर चिनिने इमराज लामिछानेको मृत्यु भएको हो ।

    accident-.jpg

     

    बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

    हिजो बेलुका करिब पौने ९ बजे पोखराबाट तनहुँतर्फ जाँदै गरेको ना७ख ४९७६ नम्बरको बसले लामिछानेलाई ठक्कर दिएको थियो । बस चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय शिशुवाले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend