पाकिस्तानमा राष्ट्रपति आसिफ अली जर्दारीले आफ्नी छोरी आसीफालाई प्रथम महिला बनाएपछि विश्वभर चर्चा

images
  • 281
    SHARES
  • चैत्र १, २०८० बिहीबार
    पाकिस्तानमा राष्ट्रपति आसिफ अली जर्दारीले आफ्नी छोरी आसीफालाई प्रथम महिला बनाएपछि विश्वभर चर्चा
    images

    पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले आफ्नी छोरी आसीफालाई प्रथम महिला बनाएपछि त्यसको चर्चा भइरहेको छ । सामान्यतया कुनै देशको राष्ट्रपति वा प्रधानमन्त्रीको पत्नीलाई प्रथम महिलाको दर्जा दिने गरेकोमा छोरीलाई त्यस्तो दर्जा दिएपछि पाकिस्तानसहित विश्वमै चर्चा भइरहेको हो ।

    आसीफा अली जर्दारीले प्रथम महिलालाई दिइने सबै सुविधा पाउनुहुने छ । पाकिस्तानमा छोरीलाई कसरी प्रथम महिला बनाउन मिल्छ भन्ने बहस चलेको छ ।

    पाकिस्तानको पत्रिका 'द एक्सप्रेस ट्रिब्यून' ले गरेको कुराकानीमा कानुनका जानकारहरूले राष्ट्रपतिसँग आफ्नो परिवारको कुनै महिला सदस्यलाई प्रथम महिलाको उपाधि दिने अधिकार हुने बताएका छन् । आसीफा पाकिस्तानमा पोलियो रोग नियन्त्रणसम्बन्धी अभियानमा सक्रिय हुनुहुन्छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend