सुन तस्करीको प्रतिवेदन पढेपछि गृहमन्त्री लामिछाने एक्सनमा

images
  • 353
    SHARES
  • चैत्र १, २०८० बिहीबार
    सुन तस्करीको प्रतिवेदन पढेपछि गृहमन्त्री लामिछाने एक्सनमा
    images

    काठमाडौँ, चैत १–

    उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले देशमा भइरहेको श्रृङ्खलाबद्ध सुन तस्करीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ब्रिफिङ गरेका छन् । लामिछानेको सचिवालयका अनुसार सुन तस्करीको प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाहीको लागि प्रधानमन्त्रीसँग भेटेर कुराकानी गरेका हुन् ।

    लगत्तै उनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई मन्त्रालयमा बोलाएर दोषीलाई कारबाहीबारे सोधपुछ गरेका छन् । सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले बिहीबार बिहान आफ्नो प्रतिवेदन बुझाएको थियो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानबाट छुटेकालाई कतिपयलाई मुद्दा चलाउन सिफारिस, कतिपय प्रहरीलाई विभागीय कारबाहीका लागि सुझाइएको छ । आयोगको ब्रिफिङपछि बुझेको प्रतिवेदन लामिछानेले अध्ययन गरेका थिए । अध्ययन गरेपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर यसबारे ब्रिफिङ गरेका हुन् । आयोगले सीआईबीले बयान कागज गरेर छाडेका २१ जनालाई बयान गराएको थियो । थप १४ जनासँग पनि आयोगले सोधपुछ गरेको थियो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend