देवघाट २ वडा कार्यालय नयाँ भवनको गाउँपालिका अध्यक्ष थापामगरद्वारा उद्घाटन

images
  • 199
    SHARES
  • चैत्र १, २०८० बिहीबार
    देवघाट २ वडा कार्यालय नयाँ भवनको गाउँपालिका अध्यक्ष थापामगरद्वारा उद्घाटन
    images

    तनहुँ ।

    शिलान्यास भएको पाँच वर्षपछि देवघाट–२ को वडा कार्यालय भवन निर्माणको सम्पन्न भएको छ। वडा नं.२ को व्यागनमा निर्मित वडा भवनको बिहीबार देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले उद्घाटन गरेका हुन्। कूल दुई रोपनी जग्गामा निर्मित आठ कोठासहितको दुई तले कार्यालय भवन निर्माणको लागि तत्कालीन जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले २०७५ साल माघ १० गते शिलान्यास गरेका थिए। तर, बजेट अभावमा निर्माण सम्पन्न गर्न समय लागेको वडा कार्यालय मीनबहादुर रानामगरले जानकारी दिए। उनका अनुसार दुई चरणमा बजेट विनियोजन गरेपछि बल्ल वडा कार्यालय भवनको निर्माण सम्पन्न सम्भव भएको हो। वडा कार्यालय भवन निर्माण सम्पन्न भएपछि वडावासीको सेवाप्रवाहमा सहज हुने उनले बताए।432605756_391717396828214_1505665768013236970_n.jpg

    गाउँपालिकाका इञ्जिनियर तीर्थ ढुङ्गानाका अनुसार पहिलो चरणमा जिल्ला समन्वय समितिबाट ४० लाख र देवघाट गाउँपालिकाबाट २० लाख रूपैयाँ बजेट विनियोजन भएको थियो। कूल ६० लाख रूपैयाँमा पनि भवन निर्माण सम्पन्न नभएपछि पुनः जिल्ला समन्वय समितिबाट पुनः २३ लाखरूपैयाँ बजेट विनियोजन भएको उनले बताए। उक्त रकममध्ये १८ लाख ९३ हजार रूपैयाँमा ठेक्का भएपछि निर्माण सम्पन्न भएको उनको भनाइ छ। ‘भवन निर्माणको लागि दुई पटक विनियोजित कूल ७८ लाख ९३ हजार रूपैयाँ खर्च भएको छ,’ उनले भने।432557297_391717623494858_6656706464473611608_n.jpg

    वडा कार्यालय भवनको उद्घाटनपछि बोल्दै गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले वडा कार्यालयको आफ्नै भवन भएपछि वडा नं. २ का जनताको सेवा प्रवाहमा थप सहज भएको बताए। बजेट अभावका कारण समयमै वडा कार्यालय निर्माण हुन नसकेको बताउँदै उनले भने, ‘अबदेखि वडावासीले पाउनुपर्ने सेवा दिन स्थानीय सरकारलाई पनि सहज भएको छ।’ पालिकाका अध्यक्ष मगरले यही वडामा पर्ने पालुराजाको मन्दिर, वडा नं.१ र २ को सीमा क्षेत्रमा पर्ने घण्टाचुलीलगायतका पर्यटकीय गन्तव्यको विकासमा गाउँपालिकाले बृहत योजना बनाएको दाबी गरे। यसबाहेक पनि वडा नं. १ को छरछरे झरना, वडा नं. ४ वडाको सिञ्चाङगढीको विकासलाई समेत अगाडि बढाउने योजना सुनाए। ‘समग्र देवघाट गाउँपालिकालाई नै सुन्तला पकेट क्षेत्रको रूपमा विकास गर्ने गरी काम थालेका छौँ,’ उनले भने, ‘त्यसकारण भावी दिनमा समग्र गाउँपालिकालाई नै कृषि विकासमार्फत पहिचान फराकिलो बनाउने योजना छ।432637308_391717370161550_6132257007130820369_n.jpg

    देवघाट गाउँपालिकाको वडा नं.१, २, ३ र ४ को प्रायः सबै गाउँमा सुन्तला उत्पादन राम्रो हुन्छ। त्यसकारण गाउँपालिकाले सुन्तला खेतीमै जोड दिने गरेको उनको भनाइ छ। उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरूङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, गाउँपालिकाका प्रवक्ता एवं ५ वडा अध्यक्ष पूर्णबहादुर कुँवरसहित सबै वडाका वडाअध्यक्ष, गाउँकार्यपालिकाका सदस्य तथा शाखा अधिकृतहरूको समेत उपस्थिति थियो। कार्यक्रम वडा नं.२ का अध्यक्ष मीनबहादुर रानामगरको अध्यक्षतामा सम्पन्न भएको हो।432609968_391717406828213_8714829320769132429_n.jpg432543994_391718793494741_1447091761351883887_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend