नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरे

images
  • 141
    SHARES
  • चैत्र २, २०८० शुक्रबार
    नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरे
    images

    काठमाडौँ ।

    नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।  शुक्रबारको प्रतिनिधिसभा बैठकमा सहकारी समस्या र गृहमन्त्रीबारे उठेका प्रश्नको सरकारले जवाफ नदिएको भन्दै कांग्रेस सांसद्हरुले संसद बैठक चल्न नदिएका हुन् । शुक्रबार दिउँसो राजनीतिक दलसम्बन्धि प्रस्ताव पेश गर्न सभामुखले गृहमन्त्री रवि लामिछानेलाई समय दिएलगत्तै कांग्रेस सांसदहरु उठेर विरोध गरेका थिए ।

    त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद राजेन्द्र केसीलाई बोल्न समय दिएका थिए । केसीले सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्रीबारे सरकारको जवाफ नआएकाले बैठक चल्न नसक्ने बताएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend