जंगलमा किशोरीको शव फेला

images
  • 213
    SHARES
  • चैत्र २, २०८० शुक्रबार
    जंगलमा किशोरीको शव फेला
    images

    काठमाडौँ । काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रको वनकालीको जंगलमा किशोरीको शव भेटिएको छ । सिन्धुली घर भएर कपन बस्ने १९ वर्षीया सुस्मिता थापा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । जंगलमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले बताए ।

    बिहिबार बिहान घरबाट क्याम्पस जान्छु भनेर हिँडेकी उनी सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी हुन् । मृतक थापा रिलायन्स एकेडेमीमा पढ्थिन् । कपनस्थित बालुवाखानीमा बस्ने सुस्मिताको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend