हत्या गरेर फालिएको अवस्थामा किशोरीको शव भेटियो

images
  • 167
    SHARES
  • चैत्र २, २०८० शुक्रबार
    हत्या गरेर फालिएको अवस्थामा किशोरीको शव भेटियो
    images

    विराटनगर ।

    विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा किशोरीको शव भेटिएको छ ।

    विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

    डीएसपी दाहालका अनुसार उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको उनले बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend