बाजुरामा एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

images
  • 141
    SHARES
  • चैत्र २, २०८० शुक्रबार
    बाजुरामा एक गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
    images

    बाजुरा। 

    बाजुरामा एक गर्भवतीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्ला अस्पतालमा उपचाररत बडीमालिका नगरपालिका–९ की २१ वर्षीया सम्झना सुनारको आज हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार गर्भवती सुनार जिल्ला अस्पतालमा सुत्केरी हुन पुगेकी थिइन् ।

    उनको  अवस्था जटिल भएपछि थप उपचारका लागि हेलिकप्टरमा कैलालीको धनगढीस्थित प्रादेशिक अस्पताल लगिएको प्रजिअ पौडेलले जानकारी दिए ।महिला तथा बालबालिका मन्त्रालयमा पहल गरेर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती सुनारको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend