नागढुङ्गाबाट अवैध लागूऔषधसहित दुईजना पक्राउ

images
  • 141
    SHARES
  • चैत्र २, २०८० शुक्रबार
    नागढुङ्गाबाट अवैध  लागूऔषधसहित दुईजना पक्राउ
    images

    काठमाडौं ।

    चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ १ किलो १ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका-३ घर भएकी २२ वर्षीया बिनिता तामाङलाई  प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ३००७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

    उता सिरहाकाे औरही गाउँपालिका-१ दरैहिया हनुमानचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ६९ मिलिग्रामसहित कर्जन्हा नगरपालिका-२ बस्ने २७ वर्षीय राजेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend