श्रीमतीको हत्या आराेपमा एकजना पक्राउ

images
  • 96
    SHARES
  • चैत्र २, २०८० शुक्रबार
    श्रीमतीको हत्या आराेपमा एकजना पक्राउ
    images

    सिरहा ।

    आफ्नै श्रीमती ४० वर्षीया कुमियाँ देवी दासको हत्या गरेको अभियोगमा लक्ष्मीपुरपतारी गाउँपालिका-६ सितापुर बस्ने श्रीदेव दास भन्ने ५६ वर्षीय राम सितल तत्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    तत्माले धारिलो हतियार खुकुरी प्रहार गर्दा कुमियाँ देवीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सितापुर र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend