२ चैत, काठमाडौं
नेपालमा कार्यरत भारतीयले पनि ‘क्यूआर’ मार्फत रकम पठाउन सक्ने भएका छन् ।
नेपालमा कार्यरत भारतीयले नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलेको बैंक खाता आबद्ध विद्युतीय बैंकिङ (ई–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत ‘नेसनल पेमेन्ट स्वीच’ का माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा रकम जम्मा गर्ने सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।
यस्तो सटही सुविधामा राष्ट्र बैंकको निर्देशन अनुसार स्वेदशमा खोलिने परिवत्र्य विदेशी मुद्रा खाता र सञ्चालन सम्बन्धी व्यवस्था पालना गरेको हुनुपर्ने छ । यस्तै विदेशमा विदेशी मुद्राको खाता खोल्ने र सञ्चालन गर्ने सम्बन्धी राष्ट्र बैंकले तोकेको सर्त पूरा भएको हुनुपर्ने छ ।
नेपालका तर्फबाट नेसनल पेमेन्ट स्वीच सञ्चालन गरिरहेको नेपाल क्लियरिङ हाउस र भारतका तर्फबाट युनिफाइड पेमेन्ट सिस्टम सञ्चालन गरिरहेको एनपीसीआईबीच क्रस बोर्डर डिजिटल भुक्तानी सम्झौता भएको थियो ।
सोही सम्झौता कार्यान्वय गर्न नेपाल क्लियरिङ हाउसले पूर्वाधार तयार गरिरहेको छ । राष्ट्र बैंकले क्रस बोर्डर डिजिटल भुक्तानी गर्न आवश्यक नियामकीय व्यवस्थाका लागि आवश्यक नीतिगत व्यवस्थामा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।



