देवघाट २ वडा कार्यालय नयाँ भवनको गाउँपालिका अध्यक्ष तिलबहादुर थापामगरद्वारा उद्घाटन

images
  • 113
    SHARES
  • चैत्र २, २०८० शुक्रबार
    देवघाट २ वडा कार्यालय नयाँ भवनको गाउँपालिका अध्यक्ष तिलबहादुर थापामगरद्वारा उद्घाटन
    images

    तनहुँ ।

    शिलान्यास भएको पाँच वर्षपछि देवघाट–२ को वडा कार्यालय भवन निर्माणको सम्पन्न भएको छ। वडा नं.२ को व्यागनमा निर्मित वडा भवनको बिहीबार देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले उद्घाटन गरेका हुन्। कूल दुई रोपनी जग्गामा निर्मित आठ कोठासहितको दुई तले कार्यालय भवन निर्माणको लागि तत्कालीन जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले २०७५ साल माघ १० गते शिलान्यास गरेका थिए। तर, बजेट अभावमा निर्माण सम्पन्न गर्न समय लागेको वडा कार्यालय मीनबहादुर रानामगरले जानकारी दिए। उनका अनुसार दुई चरणमा बजेट विनियोजन गरेपछि बल्ल वडा कार्यालय भवनको निर्माण सम्पन्न सम्भव भएको हो। वडा कार्यालय भवन निर्माण सम्पन्न भएपछि वडावासीको सेवाप्रवाहमा सहज हुने उनले बताए।432605756_391717396828214_1505665768013236970_n.jpg

    गाउँपालिकाका इञ्जिनियर तीर्थ ढुङ्गानाका अनुसार पहिलो चरणमा जिल्ला समन्वय समितिबाट ४० लाख र देवघाट गाउँपालिकाबाट २० लाख रूपैयाँ बजेट विनियोजन भएको थियो। कूल ६० लाख रूपैयाँमा पनि भवन निर्माण सम्पन्न नभएपछि पुनः जिल्ला समन्वय समितिबाट पुनः २३ लाखरूपैयाँ बजेट विनियोजन भएको उनले बताए। उक्त रकममध्ये १८ लाख ९३ हजार रूपैयाँमा ठेक्का भएपछि निर्माण सम्पन्न भएको उनको भनाइ छ। ‘भवन निर्माणको लागि दुई पटक विनियोजित कूल ७८ लाख ९३ हजार रूपैयाँ खर्च भएको छ,’ उनले भने।

    वडा कार्यालय भवनको उद्घाटनपछि बोल्दै गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले वडा कार्यालयको आफ्नै भवन भएपछि वडा नं. २ का जनताको सेवा प्रवाहमा थप सहज भएको बताए। बजेट अभावका कारण समयमै वडा कार्यालय निर्माण हुन नसकेको बताउँदै उनले भने, ‘अबदेखि वडावासीले पाउनुपर्ने सेवा दिन स्थानीय सरकारलाई पनि सहज भएको छ।’ पालिकाका अध्यक्ष मगरले यही वडामा पर्ने पालुराजाको मन्दिर, वडा नं.१ र २ को सीमा क्षेत्रमा पर्ने घण्टाचुलीलगायतका पर्यटकीय गन्तव्यको विकासमा गाउँपालिकाले बृहत योजना बनाएको दाबी गरे। यसबाहेक पनि वडा नं. १ को छरछरे झरना, वडा नं. ४ वडाको सिञ्चाङगढीको विकासलाई समेत अगाडि बढाउने योजना सुनाए। ‘समग्र देवघाट गाउँपालिकालाई नै सुन्तला पकेट क्षेत्रको रूपमा विकास गर्ने गरी काम थालेका छौँ,’ उनले भने, ‘त्यसकारण भावी दिनमा समग्र गाउँपालिकालाई नै कृषि विकासमार्फत पहिचान फराकिलो बनाउने योजना छ।
    देवघाट गाउँपालिकाको वडा नं.१, २, ३ र ४ को प्रायः सबै गाउँमा सुन्तला उत्पादन राम्रो हुन्छ। त्यसकारण गाउँपालिकाले सुन्तला खेतीमै जोड दिने गरेको उनको भनाइ छ। 

    उक्त कार्यक्रममा कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ,विशिष्ट अतिथि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य,गाउँपालिका प्रवक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुवर,१ वडा अध्यक्ष मनिराज गुरुङ, ३ वडा अध्यक्ष टेक बहादुर आलेमगर,४ वडा अध्यक्ष मित्रलाल गुरुङ,गाउँकार्यापालिका सदस्य हुम माया खान,बालकुमारी परियार,यममाया गुरुङ,बाबुराम परियार,२ नम्बर वडा सदस्य यम  बहादुर मगर,पोल बहादुर आलेमगर, गाउँपालिका पुर्व उपाध्यक्ष बिमला थापा,४ वडाका पुर्व अध्यक्ष पदम बहादुर गुरुङ,गाउँपालिका योजना शाखा अधिकृत  रामप्रसाद सापकोटा,गाउँपालिका लेखा अधिकृत सरद न्यौपाने,गाउँपालिका इन्जिनियर अधिकृत तिर्थ ढुंगाना,गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त समाजसेवी अर्जुन अधिकारी,२ नम्बर वडा सचीव समीर अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा नं.२ का अध्यक्ष मीनबहादुर रानामगरको अध्यक्षतामा सम्पन्न भएको हो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend