जाजरकोट भूकम्पः रुकुमपश्चिममा ३० हजार वटा अस्थायी आवास निर्माणको काम अन्तिम चरणमा

images
  • 192
    SHARES
  • चैत्र ३, २०८० शनिबार
    जाजरकोट भूकम्पः रुकुमपश्चिममा ३० हजार वटा अस्थायी आवास निर्माणको काम अन्तिम चरणमा
    images

    रुकुमपश्चिम 

    गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति भएको रुकुमपश्चिममा अस्थायी आवास निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भूकम्प गएको पाँच महिनामा जिल्लाभर २९ हजार सात सय ६४ वटा अस्थायी आवास निर्माण सम्पन्न भएका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो ।

    दुई हजार एक सय ९२ वटा अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । अहिलेसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार तीन सय जना लाभग्राहीले २५ हजारका दरले ७८ करोड २५ लाख रुपैयाँ रकम पाएका छन् ।

    स्थानीय विपद् कोषबाट भने ३० हजार आठ सय ४१ जना लाभग्राहीले २५ हजारका दरले ७७ करोड १० लाख २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । अब जिल्लामा पहिचान भएका तीन सय ५९ जना लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend