रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर चार रिक्टरस्केलको भूकम्प

images
  • 130
    SHARES
  • चैत्र ४, २०८० आइतबार
    रसुवाको जुरेढुङ्गा केन्द्रविन्दु भएर चार रिक्टरस्केलको भूकम्प
    images

    काठमाडौँ, चैत ४-

    काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रविन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रविन्दु भएर चार रिक्टरस्केलको भूकम्प भएको हो ।

     
    यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर चार दशमलव तीन रिक्टरस्केलको भूकम्प भएको थियो । नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प हुने क्रम जारी रहेको छ । नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधै भूकम्पीय जोखिममा रहेकोे भूकम्पविद्हरू बताउँछन् । रासस

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend