जलबिरेमा रोकिएको ट्रकमा बस ठोक्किंदा एकको मृत्यु

images
  • 123
    SHARES
  • चैत्र ४, २०८० आइतबार
    जलबिरेमा रोकिएको ट्रकमा बस ठोक्किंदा एकको मृत्यु
    images

    काठमाण्डौ –

    नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा रोकिरहेको ट्रकमा बस ठोक्किंदा एक जनाको ज्यान गएको छ । अरु चार जना सामान्य घाइते भएका छन् ।

    गएराति भएको दुर्घटनामा भारत मोतिहारीका गौरी दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी श्रीराम भण्डारीले जानकारी दिनुभयो ।

    रौतहटको गौरबाट पोखराको लागि छुटेको ग १ ख ८५२४ नम्बरको बस ना ६ ख ३२८० नम्बरको ट्रकमा ठोक्किएको थियो ।

    घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend