देवघाट ५ वडा र चितवन मेडिकल कलेजबिच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता:देवघाटवासीलाई सेवा मिल्ने वडाध्यक्ष कुँवर

images
  • 179
    SHARES
  • चैत्र ५, २०८० सोमबार
    देवघाट ५ वडा र चितवन मेडिकल कलेजबिच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता:देवघाटवासीलाई सेवा मिल्ने  वडाध्यक्ष कुँवर
    images

    देवघाट, चैत ४

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर-५ र भरतपुरको चितवन मेडिकल कलेजबिच सम्झौता भएको छ । आइतबार गाउँपालिका प्रवक्ता एवं वडा नम्बर-५ का अध्यक्ष पुर्ण बहादुर कुँवर लगाएतको टोली मेडिकल कलेज पुगि स्वास्थ्य सेवा सहुलियत सम्बन्धि सम्झौता गरिएको हो । आज मेडिकल कलेजमा गरिएको सो सम्झौता पत्रमा वडा अध्यक्ष पुर्ण बहादुर कुँवर र चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गरि सम्झौता गरेको हो।

    1.jpg

    उक्त सम्झौता पत्रमा देवघाट वडा नम्बर-५ का सम्पूर्ण नागरिकहरुले चितवन मेडिकल कलेज (सिएमसि) मा उपचार गर्न चाहेको खण्डमा नागरिकहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सम्बन्धमा प्रचलित कानुनको अधिनमा रही स्वास्थ्य उपचार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको वडा अध्यक्ष पुर्णबहादुर कुँवरले बताए । साथै कुँवरले देवघाटबाट (सिएमसि) जान नजिक हुने, धेरै बिरामी उपचार गर्न अन्त जाँदा सेवा सुविधा नपाएको र कहिलेकाहीँ अकालमै बिरामीको मृत्यु समेत भएको हुदाँ अस्पतालसँग धेरै पटक सल्लाह गरेर आज सम्झौता गरिएको बताए । सम्झौता भए लगत्तै अब गर्नुपर्ने प्रकृयाहरू छिट्टै पूरा गरी देवघाटवासीलाई सेवा छिटो  दिलाउने अध्यक्ष कुँवरले बताएका थिए। साथै जनतालाई प्रत्येक्ष लाभ हुने गरि सुचना प्रवाह गर्ने समेत बताए।

    432438245_393238573342763_4592327834408995729_n.jpg

    उक्त सम्झौता गरे पश्चात चितवन मेडिकल कलेजले वडा कार्यालयको इमेल मार्फत विवरणहरु इन्ट्रि गर्ने साइट उपलब्ध गराउने र उक्त साइटमा आफ्ना वडाबासीको सम्पूर्ण विवरणहरु कम्प्युटरमा राखि फोटो खिचाई कार्ड प्रिन्ट गराउने सम्झौतामा उल्लेख गरिएको छ।

    चितवन मेडिकल कलेज कार्ड प्रिन्ट गरेका वडाबासीलाई मेडिकल कलेज पक्षबाट उपलब्ध गराउने उपचार सेवाहरुमा २० प्रतिशत रकमको छुट दिनेछ भने अस्पतलाको फार्मेसीमा ७ प्रतिशत रकम छुट उपलब्ध गराउनेछ । अस्तालको ओपिडी टिकटमा र इमरर्जेन्सी टिकटमा पनि यो छुट हुनेछ ।

    432398175_393238846676069_635856332837843519_n.jpg

    मेडिकलले वडा कार्यालयको पहिलो सम्झौता नम्बर १ बमोजिम कार्ड उपलब्ध भएको मितिदेखि मात्र छुट दाबि गर्न पाउनेछ र उक्त कार्ड १ महिनाभित्र बनाइसक्नु पर्नेछ । कार्ड नबनुन्जेल हाललाई वडा कार्यलयको सिफारिस बमोजिम सुविधाहरु पाईने सम्झौतामा उल्लेख गरिएको छ । त्यस्तै गरि वडा नम्बर-५ का वडावासीले कुनै पनि विमा र मेडिकल लिगल केशमा भने उक्त छुट दाबी गर्न पाउने छैनन, दावी गर्न वा कागजपत्र माग गर्न प्राप्त छुट बराबरको रकम सम्बन्धित बिरामीको नामबाट बुझाएमा मात्र प्रथम पक्षले आवश्यक कागजहरु उपलब्ध गराउनेछ भने उक्त कुरा सदस्यले अस्पताल भर्ना हुँदाको अवस्थामा सुनिश्चिता गराउनुपर्नेछ सम्झौतामा उल्लेख गरिएको छ ।

    432434959_393238660009421_5190795359641599985_n.jpg

    यसैगरि वडा अध्यक्षको सिफारिसमा अस्पतालको सेवाहरुमा १० प्रतिशत छुट दिईने र चितवनको रोयल क्यान्सर इन्सीच्यूटमा सन्चालित सिटिईभिटिको पढाईमा समेत विद्यार्थीहरुलाई १० प्रतिशत छुटको सिफारिस गर्नेछ । अस्पताल र वडा कार्यालयबाट उपलब्ध गराइएको स्वास्थ्य कार्डबाट प्राप्त गर्ने सुविधा सम्झौताको मितिसम्म लागु रहने छ भने सम्झौता नवीकरण नभएमा पनि उक्त कार्ड प्रयोग गर्न सकिन्छ तर उपचारमा छुट भने नहुने बताइएको छ । भने वडा कार्यालयको स्वास्थ्य सम्बन्धी कुनै कार्यक्रमहरु सन्चालन गर्नुपर्ने भएमा मेडिकल कलेजले आवश्यक स्वास्थ्य सम्बन्धी जनशक्ती उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख गरिएको छ । साथै उक्त सम्झौता चैत ४ गते आईतबार गतेबाट लागू भई आगामी २०८४ चैत ३० गतेसम्म हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend