इच्छाकामना गाउँपालिकाले किसानहरुलाई अनुदानमा मकैको बिउ वितरण

images
  • 150
    SHARES
  • चैत्र ५, २०८० सोमबार
    इच्छाकामना गाउँपालिकाले किसानहरुलाई अनुदानमा मकैको बिउ वितरण
    images

    कुरिनटार

    चितवनको इच्छाकामना गाउँपालिकाले किसानहरुलाई अनुदानमा मकैको बिउ वितरण गरेको छ । मकै लगाउने सिजन सुरु भएसँगै गाउँपालिकाको कृषि शाखाले केहि दिन यता किसानहरुको लागि मकैको बिउ वितरण सुरु गरेको हो ।

    गाउँपालिकाले किसानहरुलाई खाद्यान्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख आशिष त्रिपाठीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म गाउँपालिकाले करिब ५५ क्विन्टल मकैको बिउ वितरण गरिसकिएको छ ।

    अनुदान कार्यक्रम अन्तर्गत प्रतिकेजी १२० रुपैयाँ लागतको मकैको बिउको लागि किसानहरुले ६० रुपैयाँ र गाउँपालिकाले ६० रुपैयाँ लागत व्यहोरेको उनले बताए । गाउँपालिकाको ७ वटै वडामा वडाकार्यालयबाटै वितरण भैरहेको पनि शाखा प्रमुख त्रिपाठीले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend