५ चैत, काठमाडौं
काठमाडौं महानगरपालिकाले सहरकारीबाट लिएको रकम समयमै चुक्ता गर्न आग्रह गरेको छ ।
महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।
सहकारीबाट लिएको ऋण तिर्नु नपर्ने भ्रम फैलाइएको र सोही अनुसार केहीले ऋण चुक्ता गर्न बहाना गरेको गुनासो आएको विभागले जनाएको छ ।



