एक जना पक्राउ स्रोत नखुलेको साढे सात लाख नगदसहित

images
  • 83
    SHARES
  • जेठ २३, २०७९ सोमबार
    एक जना पक्राउ स्रोत नखुलेको साढे सात लाख नगदसहित
    images

    सर्लाही 

     ब्रह्मपुरी गाउँपालिका–४ स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा भारत सितामढी ग्राम सोनबर्सा–२ बस्ने ४० वर्षीय विश्वनाथ महतो रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

    gggggggggggggg.jpeg

     

    भारतको सोनबर्साबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० ई ३९१४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक महतोलाई पक्राउ गरेको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend