माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलाए पदाधिकारी बैठक

images
  • 317
    SHARES
  • चैत्र ५, २०८० सोमबार
    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलाए पदाधिकारी बैठक
    images

    काठमाडौँ ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएका छन् । मंगलबार बिहान बस्नेगरी प्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।

    बैठकमा नेताहरूको कार्य विभाजनसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा आज बिहान पक्राउ परेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend