गुल्मी, चैत ६-
मुसिकोट नगरपालिका र छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले अब सामुदायिक विद्यालयमा पढ्ने भएका छन् ।
दुवै पालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमै अध्यापन गराउन निर्देशन जारी गरेका हुन् । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै गाउँपालिकाका जनप्रतिनिधि, गाउँपालिकाभित्र कार्यरत राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका सम्पूर्ण पदाधिकारीले आगामी शैक्षिक सत्र २०८१ देखि आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गरेको छ ।
“सामुदायिक विद्यालय सुधार्नका लागि पहिले हामीले आफ्नै बालबालिका सामुदायिक विद्यालयमा पढाउनुपर्छ’, उहाँले भन्नुभयो । रासस



