अहिलेको सत्ता समीकरणले पनि काम गर्न नसके देश अप्ठेरोमा पर्छ : प्रधानमन्त्री प्रचण्ड

images
  • 179
    SHARES
  • चैत्र ६, २०८० मंगलबार
    अहिलेको सत्ता समीकरणले पनि काम गर्न नसके देश अप्ठेरोमा पर्छ : प्रधानमन्त्री प्रचण्ड
    images

    ६ चैत, काठमाडौं

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणले पनि काम गर्न नसके देश अप्ठेरो अवस्थामा जाने बताएका छन् । मंगलबार सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलको साझा संकल्प सार्वजनिक कार्यक्रममा उनले जनतामा आशा जगाउनकै लागि यो गठबन्धन बनाएको बताए ।

    ‘यो समीकरण र यो संकल्पबाट पनि डेलिभरी भएन, जनतामा आशा जगाउन सकिएन, विकास गर्न सकिएन भने देश निकै नै अप्ठेरो अवस्थामा जाने खतरा छ’, उनले भने । 

    अहिलेको समीकरण आफू प्रधानमन्त्री पदमा रहिरहनका लागि नभई नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने उद्देश्यले भएको उनले बताए ।

    नयाँ गठबन्धन बनेको केही दिनमा नै राम्रो काम भएको भन्दै प्रधानमन्त्री प्रचण्डले सडकमा जायज माग राखेर भइरहेका विरोधलाई सम्बोधन गरिएको बताए । सडकमा जथाभावी माग राखेर हिँड्नेहरुलाई भने कारबाही गर्ने उनले बताए ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend