सुनको मूल्य तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ पुग्यो

images
  • 261
    SHARES
  • चैत्र ८, २०८० बिहीबार
    सुनको मूल्य  तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ पुग्यो
    images

    काठमाण्डौ – सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार छ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च भएको छ । सुन तोलाको एक लाख २७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यसअघि हिजो सुनको भाउ तोलाको एक लाख २५ हजार दुई सय रुपैयाँ थियो । यसअघि फागुन २९ गते सुनको भाउ तोलामा एक लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो ।

    चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च भएको छ । हिजो तोलाको एक हजार पाँच सय २० रुपैयाँ रहेको चाँदी आज ३५ रुपैयाँले बढेर एक हजार पाँच सय ५५ रुपैयाँ पुगेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend