युवतीलाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

images
  • 148
    SHARES
  • चैत्र ९, २०८० शुक्रबार
    युवतीलाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
    images

    दाङ, चैत ९

    बर्दियामा २० बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । बर्दियाको बाँसगढी नगरपालिका – ४ का वडाध्यक्ष ४६ वर्षीय कृष्णप्रसाद बास्तोला बिहीबार बेलुका पक्राउ परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुल्सीराम अर्यालका अनुसार युवतीको बेलुकी ७ बजे वडाध्यक्ष बास्तोलाविरूद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिए

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend