सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन

images
  • 134
    SHARES
  • चैत्र ९, २०८० शुक्रबार
    सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन
    images

    काठमाण्डौ 

    सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मिटरब्याज अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

    आयोगको सदस्यमा पुष्कर कार्की र सञ्जीव मिश्र रहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यसअघि सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो ।

    गएको फागुन २८ गते सरकार र मिटरब्याज पीडितबिच चार बुँदे सहमति भएको थियो । सहमतिमा तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी जाँचबुझ आयोग गठन गर्ने उल्लेख थियो । सहमतिसँगै माघ १६ गतेदेखिको काठमाण्डौ केन्द्रित आन्दोलन स्थगित भएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend