रुखको हाँगा लच्किएर हाइटेन्सन तार छुँदा कपिलवस्तुमा एक जनाको मृत्यु

images
  • 182
    SHARES
  • चैत्र १२, २०८० सोमबार
    रुखको हाँगा लच्किएर हाइटेन्सन तार छुँदा कपिलवस्तुमा एक जनाको मृत्यु
    images

    दाङ, चैत १२-

    कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो (आइतबार) बेलुका सवा ६ बजे कपिलवस्तुको कृष्णननगर नगरपालिका-९ बहादुरगञ्जस्थित नारायणी आँखा अस्पतालमा कार्यरत ल्याब टेक्निसियन ३३ वर्षीय देवराज देवकोटाको करेन्ट लागेर मृत्यु भएको हो।

    काप्रो टिप्न रुखमा चढेका देवराज रुखको हाँगा लच्किएर बिजुलीको हाइटेन्सनलाई छोइएपछि रुखबाट भूइमा खसेका थिए । अस्पताल संचालक समितिका सदस्य सुरेन्द्र खड्काका अनुसार भूइमा खसेका देवराजलाई उद्धार गरी मेडिकल कलेज भैरहवा लैजाने क्रममा मृत्यु भएको हो ।

    उनको शब पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवामा राखिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend