धनगढीका मेयर हमालकी छोरी आरती सम्पर्कमा आइन्

images
  • 156
    SHARES
  • चैत्र १४, २०८० बुधबार
    धनगढीका मेयर हमालकी छोरी आरती सम्पर्कमा आइन्
    images

    धनगढी, चैत १४

    धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् ।

    भारतको गोवाबाट सोमबारदेखि सम्पर्कविहीन भएकी मेयर हमालकी जेठी छोरी आरती सम्पर्कमा आएकी हुन् । मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै छोरी सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको उल्लेख गरेका छन् ।

    ‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु,’ हमालले लेखेका छन्, ‘खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाइ दिदीबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गर्दछु ।’

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend