होलीको दिन कर्णाली पुलबाट हाम फालेका युवाको शव भेटियो

images
  • 219
    SHARES
  • चैत्र १५, २०८० बिहीबार
    होलीको दिन कर्णाली पुलबाट हाम फालेका युवाको शव भेटियो
    images

    १५ चैत, धनगढी 

    होलीको दिन (१२ चैत)मा चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेका कैलालीको लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्रबहादुर शाहीको शव भेटिएको छ ।

    टीकापुर नगरपालिका–२ को सनकट्टी घाटमा बिहीबार दिउँसो शाहीको शव फेला परेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।

    शाही भेटिएको स्थान कर्णाली पुलबाट करिब १६ किलोमिटरको दुरीमा रहेको एसपी बिष्टले बताए । होलीको दिन पाैडी खेल्न कर्णाली पुलबाट १७ जना युवाले सामूहिक रूपमा नदीमा हाम फालेका थिए ।

    उनीहरूमध्ये १६ जना पौडी खेलेर बाहिर निस्किए पनि शाही भने बेपत्ता भएका थिए । उनलाई खोज्न सशस्त्र प्रहरीको गोताखोर टोलीसहित स्थानीयबासी र नेपाल प्रहरी खटिएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend