देवघाट चैत १७
सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा देवघाटमा जेष्ठ नागरीक भवन (विश्रन्ति गृह)को शिलान्यास भएको छ । सम्माननीय राष्ट्रपति पौडेलले शनिबार देवघाट आई सो जेष्ठ नागरिक भवनको शिलान्यास गरिएको हो । सो जेष्ठ नागरीक भवन (विश्रन्ति गृह)को शिलान्यास कार्यक्रममा सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालकै पवित्र तिर्थस्थल देवघाटधाममा सबै सुविधायुक्त जेष्ठ नागरिक भवन (विश्रन्ति गृह) बनाउन आवश्यक ठानेर शिलान्यास गरिएको बताए । राष्ट्रपति पौडेलले शिलान्यास गर्नु मात्रै ठुलो काम हैन कि त्यसलाई पुर्णता दिएर निर्माण गर्नु ठुलो काम हो भन्दै छिट्टै यस भवनलाई सम्पन्न गर्ने बताए ।
साथै देवघाटको विकास निर्माणको काममा आफ्नो सधै साथ र सहयोग रहने समेत पौडेलले प्रतिवद्वता जायर गरे । निर्माण हुन गैरहेको यस जेष्ठ नागरिक भवन राष्ट्रपति पौडेलको पहलमा र एन.आर.एन.गैरआवासीय नेपालीको आर्थिक सहयोगमा करिब १ करोड ४५ लागतमा मा १८ वटा बल्क र ३ तले सुविधा सम्पन्न भवन निर्माण हुने भएको हो । साथै हाल जेष्ठ नागरिक भवनको लागि महिला मन्त्रालयबाट २५ लाख रूपैयाँ डिपिआर र जग्गा संरक्षणको लागि भुक्तानी प्राप्त भएको आश्रमले जानकारी दिए । सो भवन गलेश्वर आश्रम परिसरमा बन्ने भएको छ । उक्त भवनमा पैसा हुनेहरूलाई पैसा लिएर सेवा दिने र पैसा नहुने आर्थिक अवस्था कमजोर भएका (गरिब) हरूलाई नि:शुल्क सेवा दिने गलेश्वर आश्रमका १००८ अनन्त विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी महाराजले प्रतिवद्वता गरेका थिए ।
कार्यक्रममा माननिय उप प्रधानमन्त्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका रघुबिर महासेठ ,गण्डकी प्रदेश सभाका सदस्य माननिय हरि बहादुर चुमान ,जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले,देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ लगायतको उपस्थिति रहेको थियो । देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले सञ्चालन गर्नु भएको सो कार्यक्रम देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियोे ।



