नवलपुरमा स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु

images
  • 178
    SHARES
  • चैत्र २०, २०८० मंगलबार
    नवलपुरमा स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु
    images

    नवलपरासी

     पूर्वी नवलपरासीको गैंडाकोटमा स्कूल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैंडाकोट नगरपालिका–५ सरस्वती स्कुल चोक स्थित भित्री सडकमा ओमशान्ति चोकबाट सरस्वती स्कूल चोकतर्फ जाँदै गरेको बालविकास बोर्डिङ स्कूलको बसले स्कुटरलाई ठक्कर दिएको हो ।

    बालविकास बोर्डिङ स्कूलको ना ४ ख १०४१ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ९३ प ९२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा परी स्कुटरमा सवार पर्वत जिल्लाको फलेवास नगरपालिका घर भई हाल भरतपुर महानगरपालिका–२६ बस्ने ६८ वर्षीय पार्वती पौडेलको घटना स्थलमै मृत्यु भएको हो ।

    त्यसैगरी दुर्घटनामा परी गैडाकोट नगरपालिका–५ बस्ने २० वर्षीया आशिका सापकोटा गम्भीर घाइते भएकी छन् ।

    उनको उपचारको लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend