करिस्मा गुरुङ
देवघाट चैत २२
तनहुँको देवघाट गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पुर्ण बहादुर कुँवरले टाढाबाट एस.ई.ई परिक्षा दिन आउने विद्यार्थीहरुका लागि परिक्षा अवधिभर बसको व्यवस्था गरिएको छ । वडा अध्यक्ष कुँवरले एस.ई.ई परीक्षा दिने विद्यार्थीहरूको कसैको साधन हुन्छ,कसैको साधन नहुने हुँदा त्यहीँ कुरालाई मध्येनजर गरेर देवघाट महेश गुरूकुलम् परिक्षा केन्द्रमा परिक्षा दिन आउने देवघाट-५ का सिद्ध महाकाली माध्यमिक विद्यालयका १२ जना र कालिका माध्यमिक विद्यालयका २२ जना विद्यार्थीहरूलाई बसको व्यवस्था छ।
विद्यालयबाट अन्य विद्यालयमा परिक्षा दिन जादाँ थोरै मात्र समय ढिला भयो भने पनि विद्यार्थीको मन आत्तिने,डराउने हुन सक्ने हुँदा त्यसले परीक्षा दिदा पनि समस्या ल्याउने भएको हुदाँ त्यस्ता समस्या आउन नदिन विद्यार्थीहरुलाई परिक्षा अवधिभर आवतजावत गर्नका निम्ति बस सेवाको व्यवस्था गरेको अध्यक्ष कुँवरले बताए । सो बस बिहान ७ बजे देवघाट-५ बुद्धचोक देखि सिद्ध महाकाली र कालिका माध्यमिक विद्यालय हुदैँ विद्यार्थीलाई परिक्षा केन्द्र पुर्याउने र घर ल्याउने वयवस्था गरिएको छ।



