रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा एक जना बेलायती पर्यटकको ज्यान गयो

images
  • 130
    SHARES
  • चैत्र २४, २०८० शनिबार
    रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा एक जना बेलायती पर्यटकको ज्यान गयो
    images

    काठमाण्डौ –

    रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने क्रममा एक जना बेलायती पर्यटकको ज्यान गएको छ । बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा लाङटाङ खोलाको झोलुङ्गे पुल क्षेत्रमा बेहोश अवस्थामा भेटिनुभएको थियो । बेहोश पाउललाई उद्धार गरी काठमाण्डौको मेडिसिटी अस्पताल ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend