देवघाट तनहुँ,
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ४ काफलडाँडा स्थित नवनिर्मित वडा भवनको कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापामगरद्वारा उद्घाटन गरिएको छ।अध्यक्ष थापाले भवनको रिबन काटेर वडा नम्बर- ४ कार्यालयको नयाँ भवनको उद्घाटन गरिएका हुन् । पुर्व जनप्रतिनिधिले शिलान्यास गरेर राखेको अधुरो वडा भवन अहिले सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले वडा-४ को भवन उद्घाटन गर्न सफल भएकोमा सवैलाई धन्यवाद व्यक्त गर्दै अबका दिनहरूमा यस वडा भवन बाट जनताहरूले अझै गुणस्तरीय सेवा पाउने कुरामा विश्वास लिएको अध्यक्ष थापाले बताए । सरकारको रणनीति अनुसार घरघरमा शिंह दरवार भित्र्याउने उद्देश्य अनुसार अहिले वडाबाट घरघरको सेवा प्रदान भैरहेको समेत बताए ।अध्यक्ष थापाले गाईघाटमा बन्ने मोटरेवल पक्की पुल निर्माणको लागि केन्द्र सरकार संग पहल भइरहेको हुँदा छिटोभन्दा छिटो पुल निर्माणको काम हुने बताए।साथै अध्यक्ष थापाले शिक्षा ,स्वास्थ्य,बाटोघाटो,खानेपानी,कृषि र अव्यवस्थित जग्गालाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढेको बताए ।
यस वडा भवन जिल्ला समन्वय समिति तनहुँ र देवघाट गाउँपालिकाको सह लगानीमा सम्पन्न भएको हो भने भवन निर्माण योजना निर्माण व्यवसायी संघ एसआर निर्माण सेवा देवघाट ५ तनहुँले ठेक्का सम्झौता गरि ६० लाख भुक्तानीमा पहिलो चरणको काम २०७७ सालमा नै सम्पन्न भएको भए पनि बीचमा आर्थिक अभाव हुँदा भवनको कम्पाउण्डकाम अधुरो भएका थिए।पुन दोस्रो चरण २०७९/०८० बजेट विनियोजन गरि काम सुरु भएको थियो। ठेक्का सम्झौताभने २०७९ चैत्र ३ गते टेक्साई इस्ट्कचर प्रा,ली.काठमाडौंले सम्झौता गरि २०८० पुष १५ गते सम्पन्न भएको थियो।दोस्रो रकम सम्झौता २२ लाख ३३हजार २१७ रुपैयाँ भएता पनि अन्तिम मुल्यक तथा भुक्तानी भने २३ लाख १४ हजार ८०३ रुपैयाँ खर्च भइ भवन कुल निर्माण लागत ८३ लाख १४ हजार ८०३ रुपैयाँमा सम्पन्न भएको देवघाट गाउँपालिका इन्जिनियर प्रमुख तिर्थराज ढुंगानाले जानकारी दिए।
सो कार्यक्रम विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङ,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य,अतिथि गाउँपालिका प्रवक्ता एवं देवघाट ५ वडा अध्यक्ष पुर्णबहादुर कुँवर,देवघाट १ वडा अध्यक्ष मनिराज गुरुङ,देवघाट २ वडा अध्यक्ष मीनबहादुर रानामगर,देवघाट ३ अध्यक्ष टेकबहादुर आलेमगर,कार्यपालिका सदस्य बाबुराम परियार,यममाया गुरुङ,४ वडा सदस्य बुद्धिमान भुजेल,सुक बहादुर थापा र पुनुमाया गुरुङ,नेपाली काङ्ग्रेस जिल्ला सदस्य अर्जुन अधिकारी,नेकपा माओवादी जिल्ला कमिटी सदस्य हुमबहादुर गुरुङ,नेकपा एमाले देवघाट अध्यक्ष केसवचन्द्र न्यौपाने,गाउँपालिका प्रशासन शाखा प्रमुख गोविन्द प्रसाद पौडेल,गाउँपालिका योजना शाखा अधिकृत रामप्रसाद सापकोटा,गाउँपालिका इन्जिनियर शाखा प्रमुख तिर्थराज ढुंगाना,गाउँपालिका जिंन्सी शाखा प्रमुख जीवन गुरुङ,गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्त,गाउँपालिका पर्यटन शाखा प्रमुख होमबहादुर भाराती लगायत विभिन्न संघसंस्थाको सहभागिता रहेकोे थियो भने देवघाट ४ वडा अध्यक्ष मित्रलाल गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे।



